Logo

सांसद भण्डारीको दुवै खुट्टाको शल्यक्रिया



भारत, ५ फागुन । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत कांग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको उनको उपचार समन्वयका लागि सँगै गएका नेता योजराज कँडेलले जानकारी दिए ।

भण्डारीको अवस्था सामान्य रहेको छ । अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा ुअब्जर्भेशनु पछि मात्र निर्णय हुने उनले बताए ।

भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उनको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्