Logo

साइकल खरिदमा भ्रष्टाचार: मधेस प्रदेशका तत्कालीन सचिव र इञ्जिनियर दोषी ठहर



काठमाडौँ, १२ माघ । मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको हिजोको इजलासले भुसाल र झालाई दोषी ठहर गरेको हो । अदालतले दुुवैलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्