Logo

साइबर ब्युराेकै नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ



काठमाडौँ, २० मंसिर । नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् ।

नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्