Logo

साउदी अरबको प्रधानमन्त्री बने राजकुमार सलमान



साउदी अरब, १२ असोज । राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुल अजिज अल साउद साउदी अरबको प्रधानमन्त्री नियुक्त भएका छन् ।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीजले दिएको मन्त्रिपरिषद् फेरबदलको आदेशअनुसार राजकुमार सलमानलाई प्रधानमन्त्री बनाइएको साउदी प्रेस एजेन्सी एसपीएले जनाएको छ ।

बिन नायफ बिन अब्दुल अजीज र मोहम्मद बिन अब्दुल्लाह अल-जदान अर्थमन्त्री बनेको एसपीएले जनाएको छ ।

८६ वर्षीय राजा सलमान इस्लामका पवित्र स्थलहरूको संरक्षक, युवराजको रूपमा साढे दुई वर्षभन्दा बढी समय बिताएपछि सन् २०१५ मा शासक बनेका थिए।

 

प्रतिक्रिया दिनुहोस्