Logo

साउन १२ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई निर्देशन



काठमाडौँ, ८ साउन । काठमाडौँ महानगरपालिकाले यही साउन १२ गतेभित्र सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले आइतवार पत्र पठाएर साउन १२ गते बिहीवारसम्म अनिवार्यरूपमा सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण अनिवार्यरूपमा बुझाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै महानगरले तोकिएकै मितिमा प्रशासन विभागमा सम्पत्ति विवरण बुझाउन भनेको हो ।

प्रतिक्रिया दिनुहोस्