काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा ३/४ दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएको म्याद गुज्रिएको छ ।
उनले भने जस्तै भोलिपल्टैबाट त्यसको निम्ति परामर्श सुरु भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको नेताहरूले जनाएका छन् ।
त्यसअघि उनले गत साता कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेतासँग संयुक्त छलफल पनि गरेका थिए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै दलका नेताहरूसँग एकसरो कुरा गरेर फेरि संयुक्त छलफल गर्ने प्रधानमन्त्रीको योजना छ ।
नेपाली कांग्रेसका नेताहरूसँग बिहीवार छलफल गरेका प्रधानमन्त्री प्रचण्डले बिस्तारबारे सत्तापक्षीय गठबन्धनमा रहेका अन्य दलका नेताहरूसँगको परामर्शलाई शुक्रवार पनि तीव्रता दिए ।