काठमाडौँ, १ असार । सात वटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन-२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।