Logo

साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै



काठमाडौं, ९ असोज । साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार) सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दैछ ।

नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ‘ए’को उपविजेता तथा भारत समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ । नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेले पनि उपाधि भने जित्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्