काठमाडौं, २ असोज । साफ यू–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि सुरु हुनेछ । यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स छ । नेपाल समूह ‘ए’मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।
समूह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्नेछ ।