Logo

साफ यू–१९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित



काठमाडौं, ३१ वैशाख । साफ यू–१९ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँग पराजित भएको छ ।

भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको हो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ‘बी’बाट भारत समूह विजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

समूह ‘ए’बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ भने भारतले माल्दिभ्ससँग खेल्नेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्