Logo

साफ यू-२० फुटबल : नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलियो



काठमाडौं, ३१ असार । वर्षा बाधक बनेपछि नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको छ।

बंगलादेशको ढाकामा भारी वर्षा भएपछि यू-२० दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल २ घन्टा पछाडि धकेलिएको हो।

नेपाली समयअनुसार ६ः४५ बजे हुने तालिका रहेकोमा अब ८ः ४५ मा खेल हुने अलिख नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ।

नेपाल अकं तालिकाको दोस्रो स्थानमा छ भने श्रीलंका अन्तिम स्थानमा छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भयो।

त्यसैगरी श्रीलंका भने पहिलो जितको लक्ष्यमा छ। श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्