काठमाडौं, ३ श्रावण । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपाल आज शनिबार भुटानसँग भिड्दै छ।
खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
जारी प्रतियोगितामा नेपाल भुटानसँग दोस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।
प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।
नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो।आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा भने नेपाल ३-२ गोलले हारेको थियो।
नेपाल फेरि सोमबार बंगलादेशसँग भिड्नेछ। नेपालले ४ खेलबाट ९ अंक बनाएको छ।
घरेलु टोली बंगलादेशले ३ खेलबाट ९ अंक बटुलेको छ। सबै खेल सकिएपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।