Logo

सामाजिक अभियान्ता र युट्युवरका विरुद्ध उत्रिए म्यानपावर व्यवसायी



काठमाडौँ, ११ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीको कार्यलयमा गएर धाकधम्की दिने र हुलहुज्जत गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरेको छ । संघले बुधबार गृह मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागमा ज्ञापनपत्र बुझाउँदै व्यावसायीको कार्यालयमा गएर धम्की दिने र हुलहुज्जत गर्नेलाई कारबाहीको माग गरेको हो ।

सामाजिक अभियान्ता र युट्युवरको एक समूहले मंगलवार सामाखुसीस्थित खोज म्यानपावर कम्पनीमा धाकधम्की दिँदै हुलहुज्जत गरेको थियो । केही व्यवसायीले त्यसका प्रतिकार गरेका थिए । मंगलवार र त्यस अघि पनि पटक पटक व्यावसायीका कार्यालयमा तोडफोड र हुलहुज्जत भएको विरोधमा बुधवार संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । गृहमन्त्री रवि लामिछानेले दुईदिन भित्रमा व्यवासयीको सुरक्षाको विषयमा ठोस कमद चाल्ने आश्वासन दिएको संघ अध्यक्ष भण्डारीले बताए ।

संघले बुधवार ध्यानाकर्षण पत्र जारी गरेको छ । ध्यानाकर्षण पत्रमा देशको कुल ग्राहस्त उत्पादनमा ३३ प्रतिशत योगदान दिएको वैदेशिक रोजगार व्यवसायका कार्यालय तोडफोड गर्ने, कर्मचारीमाथि हातपात गर्ने, धम्की दिने जस्ता कार्य तत्काल रोकिनु पर्ने माग गरिएको छ । संघले कुनै व्यवसायीले सम्झौता अनुसारको तलव, भत्ता नदिालए वा बिचल्लीमा परेको अवस्थामा उद्दार नगरे वैदेशिक रोजगार विभागमा राखिएको धरौटी रकम कट्टा गरेर दिने र कानुनी कारवाहीका लागि संघले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

संघले कानुन हालमा लिएर भइरहेका आक्रमण रोक्ने माग गरेको छ । वैदेशिक रोजगार विभागमा भएको विरोध तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा व्यवसायी ठुलो संख्यामा उपस्थित थिए । मंगलवारको हुलहुज्जतमा संलग्न एक युट्युवरले समाधान भइसकेको विषयमा उजुरी लिएर विभागमा आए पछि विभागमा तनाव उत्पन्न भएको थियो । व्यवसयीले ती युट्युवरलाई घेरावन्दी गरेका थिए । तर, प्रहरीले सुरक्षा कक्षमा सुरक्षित गरेको थियो । व्यवासयीले युट्युवरलाई कार्यालय बाहिर निकिल्ने प्रयास गरेपछि नेपाल प्रहरीको थप फोर्स आएर सुरक्षा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्