Logo

सामाजिक सञ्जालको दुरुपयोग गरेर महिलाको चरित्र हत्या गर्ने पक्राउ



काठमाडौँ, २९ वैशाख । सामाजिक सञ्चालको दुरूपयोग गरी महिलाको चरित्रा हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका ६ बस्ने ३५ वर्षीय नरेन्द्र केसीलाई नेपाल प्रहरीको साइवर ब्व्युरोले पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा नेपाल प्रहरीको व्यूरोको भोटहिटी कार्यालयले केसीलाई पक्राउ गरेको हो । केसीले सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लिल क्रियाकलाप गर्न लगाइ त्यसको स्क्रिन रेकर्ड गरी पीडितलाई ब्लाकमेलिंग गर्दै आएका थिए । उनले पीडितको आफन्त तथा साथीसमेतलाई म्यासेन्जरमा स्क्रिन पठाएका थिए ।

केसीलाई विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा अनसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्