Logo

सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिए कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी



काठमाडौँ, १४ मंसिर ।

गृहमन्त्रालयले सामाजिक सञ्जालमा द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिए कारबाही गर्ने चेतावनी दिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुयाउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनद्वारा वर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति गृह मन्त्रालय सदैव सचेत रही उच्च सम्मान व्यक्त गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि गृहमन्त्रालय क्रियाशील र प्रतिवद्ध रहेको स्पष्ट पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्