Logo

सामाजिक सञ्जालमा ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर लेख्ने पत्रकार पक्राउ



दाङ, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका बुढाले सामाजिक सञ्जाल फेसबुकमा ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर पोष्ट गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो ।

प्रतिक्रिया दिनुहोस्