Logo

सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत बनौँ: लामिछाने



काठमाडौँ, ९ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरेका छन् ।

पार्टीको टोखा नगरपालिकाको भेलामा आज उनले जातजाति र समुदायसित होइन बल्की बेथिति र भ्रष्टचारविरुद्ध लड्नपर्ने बताएका हुन् ।

“जातीय र धार्मिक समुदायबीच द्वन्द्व बढाउने र समाजको सद्भाव खलबल्याउने अभिव्यक्तिप्रति सचेत बन्न सबैलाई आग्रह गर्दछु”, उनले भने, “हाम्रो दुश्मनी गरिबी, अशिक्षा र बेरोजगारीसित हो ।”

कानुनले बर्जित गरेको गतिविधि नगर्न सुझाव दिँदै अध्यक्ष लामिछानेले फरकफरक समुदायको आस्थामा आँच आउने काम गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्