Logo

सामान्य प्रशासनमन्त्रीमा न्यौपाने नियुक्त



काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

गुप्ताले राजीनामा दिएसँगै रिक्त मन्त्री पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्