Logo

साम करन बने आईपीएल इतिहासकै महँगा खेलाडी



भारत, ८ पुस । इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

केरलाको कोचीमा चलिरहेको आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब किङ्ग्सले १८ करोड ५० लाख भारु (२९ करोड ५० लाख रुपैयाँ) मा अनुबन्ध गरेको हो ।

उनको ‘बेस प्राइस’ दुई करोड भारु थियो । यसअघि उनी चेन्नई सुपर किङ्ग्समा आबद्ध थिए । सन् २०१९ मा करनले पन्जाबबाटै खेलेका थिए ।

यसअघि आईपीएल अक्शन इतिहासमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगा खेलाडी बनेका थिए । सन् २०२१ को अक्शनमा उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्