काठमाडौँ, २१ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलम सरवार हुने भएका छन् ।
श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि सार्कको नयाँ महासचिवमा गोलाम सरवारले जिम्मेवारी लिने भएका हुन् ।
हाल मलेसियामा रहेका उनी महासचिवको जिम्मेवारी लिनका लागि केही दिनमा नेपाल आउने छन् । रोलक्रम अनुसार अफगानिस्तानवाट सार्कको महासचिव हुनु पर्ने भए पनि सार्क सदस्य राष्ट्रले तालिबानी सरकारलाई मान्यता नदिएपछि नेपालको पहलमा बंगलादेशले सो अवसर पाएको हो ।
सार्क राष्ट्रको हैसियतमा सबै विदेश मन्त्रालयलाई कुटनीतिक पत्राचार गरेर सार्क महासचिवमा बंगलादेशी कुटनीतिज्ञले नेपालले मान्यता दिलाइको हो ।