Logo

सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ: झाँक्री



काठमाडौँ, २८ चैत । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छन् ।

नदी किनारमा रहेका सार्वजनिक जग्गा नेता र सांसदको संरक्षणमा कब्जा भइरहेको बताउँदै उनले गलत काम गर्नेलाई सार्वजनिक बहिष्कार गर्नुपर्ने बताएकी हुन् ।

सोमवार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले राजनीतिक व्यक्तिहरू प्रदूषित हुँदा बाग्मती नदी पनि प्रदूषित बन्न पुगेको टिप्पणी गरिन् । उनले भन्नि, ‘सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू जो सुकै हुन् सामाजिक बहिष्कार गर्नुपर्छ । नेता, सांसदले नै सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई संरक्षण गरिरहेको छन् । यस्ता कार्यलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।

मन्त्री झाँक्रीले नदी किनारका अव्यवस्थित बस्तीलाई सरकारले संयुक्त आवास कार्यक्रममार्फत सम्बोधन गर्न सक्ने अवस्था भए पनि नदी किनारकै जग्गा पाउनुपर्ने उनीहरूको रटानका कारण थप समस्या सिर्जना भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्