Logo

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा



धनकुटा, ८ जेष्ठ । धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएको थियो । जाँचका क्रममा बिदाको दिन सरकारी गाडी चलेको भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताए ।

जाँचका क्रममा हिलेबाट १७ वटा, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटाबाट एक-एक वटा सरकारी गाडी नियन्त्रणमा लिइएको डीएसपी दाहालले जानकारी दिए । नियन्त्रणमा लिइएकामध्ये चार पाङ्गे गाडी दुई वटा छन् भने अन्य सबै मोटरसाइकल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्