Logo

सार्वजनिक भएको अडियो आफ्नो नभएको ट्रम्पको दाबी



फाइल तस्बिर

वासिङ्टन, १३ असार (रासस/एएफपी) । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको श्रव्य सामग्री सार्वजनिक भएको भनी आएको चर्चामा कुनै सत्यता नरहेको बताएका छन् ।

रेकर्डिङ सार्वजनिक भएको विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि भूतपूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल वेबसाइट’ मा अडियोलाई बनावटी ‘विक्षिप्त’ कथा भनी खण्डन गरेका छन् । अभियोजनकर्ताले न्याय विभाग र एफबीआईसँग मिलेर ‘अवैध रूपमा’ अडियो बनाई अफवाह फैलाउन खोजेको बताए । यो अवैध षडयन्त्र भएको उनले दाबी गरेका छन् ।

उनले उक्त श्रव्य सामग्री ‘वास्तवमा आफ्ना विपक्षीहरूले आफूहरूमाथिका आलोचनालाई विषयान्तर गर्न रचेको प्रपञ्च’ बाहेक केही नभएको दाबी गरेका छन् ।

यो निरन्तरको ‘विच हन्ट’ व्यक्तिलाई गलाउने झुटा आरोप जस्तै अर्को बनावटी आरोप भएको र यसलाई उहाँले विपक्षीहरूले चुनावी हस्तक्षेपका लागि सिर्जना गरेको हतियार भएको बताए । “विच हन्ट गर्ने उनीहरू ठग हुन्,” पूर्वराष्ट्रपति ट्रम्पले लेखेका छन् ।

सीएनएनले सोमबार राति प्रसारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेज इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्