मेचीनगर, ८ भदौ । सार्वजनिक यातायातले विद्यार्थीलाई चढाउन नमानेपछि मेचीनगरमा विद्यार्थीहरुले आज यातायात अवरोध गरेका छन् ।
विद्यार्थीहरुले क्याम्पस जाने बेलामा सार्वजनिक यातायातले नरोकेभन्दै बुधबार बिहान इटाभट्टामा यातायात व्यवसायीविरुद्ध नाराबाजी गरेका हुन् ।
उक्त विरोध प्रदर्सनमा झापाका विभिन्न क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरुको उपस्थिति रहेको विद्यार्थी नेता श्रीजीतजंग ढुंगानाले जानकारी दिए ।
विद्यार्थीहरुले विभिन्न नारा लगाउँदै सडकमा प्रदर्सन गर्न थालेपछि प्रहरीलाई स्थिती नियन्त्रणमा लिन केही समय हम्मेहम्मे समेत परेको थियो ।
यसैबिच यातायात व्यवसायीहरुले भोलीबाट विद्यार्थीहरुलाई चढाउने सहमति गरेपछि आफूहरुको आन्दोलन स्थगित भएको विद्यार्थी नेता ढुंगानाले बताए ।






