Logo

सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप



सप्तरी, २४ फागुन । सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ ।

सप्तरीको महादेवा गाउँपालिका-४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि साली पक्षका युवाले सरदारलाई कुटपिट गरेका थिए । त्यसपछि योगेन्द्र सरदार पक्षका युवा जम्मा भएर परसाही टोलका युवासँग झडप गरेका छन् ।

झडपमा केही युवा घाइते भएका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरेशकुमार सिंहले बताए । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।

दुई समूहको झडपमा घाइते भएकाहरूको स्थानीय मेडिकल उपचार भइरहेको र फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्