काठमाडौँ, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताएकी छन् ।
शुक्रवार सिँचाइ दिवसको अवसरमा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउँदा दिनमा सिँचाइका आयोजनाहरू देशको पहाडी र हिमाली भागमा केन्द्रित गर्नुपर्ने बताएकी हुन् ।
राष्ट्रिय गौरवका आयोजनाहरू तराई केन्द्रित भएको उल्लेख गर्दै उनले खेतीयोग्य जमिन पहाड र हिमालमा पनि भएकाले त्यो भेगमा सिँचाइ सुविधा पुर्याउने गरी आउँदा दिनमा नीति बनाउनुपर्ने बताएकी हुन् ।
मन्त्री भुसालले भनिन्, ‘हाम्रा सबै राष्ट्रिय गौरवलगायतका आयोजनाहरू तराई केन्द्रित छन् । अब हामीले सिँचाइको आयोजना बनाउँदा पहाड र हिमालमा पनि पुर्याऔँ । त्यसले रोजगार पनि त्यहीँ सृष्टि गर्छ । खाद्यान्नमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ र अव्यवस्थित बसोबासलाई पनि रोक्न सक्छ ।’