Logo

सिँचाइ नभएर जग्गा बाँझो राख्नु पर्दैन: दाहाल



चितवन, १५ असार । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा सिँचाइ नभएर जग्गा बाँझो राख्न नपर्ने बताएकी छन् ।

बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा महानगरको आयोजना तथा त्रिपुरेश्वर कृषि सहकारी भरतपुर-९ को सहआयोजनामा भएको कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन्  ।

उनले नारायणी लिफ्ट सिँचाइ आयोजना कार्यालयमा झन्डै ३५ करोड रुपैयाँको यन्त्र, उपकरणहरू आइपुगेकाले अब भरतपुरका सबैजस्तो ठाँउमा सिँचाइको पहुँच पुग्ने उल्लेख गरेकी छन् ।

‘किसानलाई डिप बोरिङ वितरण गरेका छौँ’, उनले भन्नि, ‘स्याबो टुबवेल पनि धेरै ठाँउमा जडान भएको छ । अब सिँचाइको कुनै चिन्ता छैन ।’ महानगरले कृषिलाई प्राथमिकतामा राखेर कृषिमा ब्याज अनुदान कार्यक्रम, गोठ सुधार कार्यक्रम, विभिन्न यन्त्र, उपकरणमा अनुदान लगायतको कार्यक्रमहरू गर्दै आइरहेको मेयर दाहालले जानकारी दिइन् । कृषिलाई प्राथमिकता दिएकै कारण सङ्घीय सरकार, प्रदेश सरकार र पालिकामै नभएको दूधमा तीन रुपैयाँ अनुदान कार्यक्रम सुरु गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्