Logo

सिंगापुरलाई हराउँदै नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि



 काठमाडौं, २१ असार । सिगांपुरलाई २ विकेटले पराजित गर्दै नेपाली युवा टोलीले एसीसी यू–१६ पुरुष इष्ट जोन कपको उपाधि रक्षा गरेको छ।

अघिल्लो संस्करण भएको फाइनलमा नेपालले मलेसियालाई हराउँदै उपाधि उचालेको थियो।

शनिबार भएको फाइनलमा सिगांपुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८.ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो।

नेपालका लागि जय थापा २४ र अभय यादव १० रनमा अविजित रहे। नवौा विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गर्दै नेपाललाइ जित दिलाए।

विकेट किपर सिवांश बजगाइले बनाएको २० रन थपे। शुभम खनालले १८ रन थपे। शुभम खनालले प्रसिद्ध जैेसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए।

रौनक श्रीवास्तक शुन्य र सुगम बुढाथोकी १ रनमा आउट भए। छैटौँ ओभरमा श्रीवांस र रौनकलाई गुमाएपछि नेपाली युवा टोली दबाबमा आएका थिए।

२५ औँ ओभरमा विपिन प्रसाद शर्मा र सचिन भट्टा आउट भएपछि युवा टोली दबाबमा आएको थियो।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा १ सय १३ रन बनाउँदा अलआउट भयो।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका अभय यादव र सुशिल बहादुर रावलले समान ३ विकेट लिए।

विपिन प्रसाद शर्माले १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर एक विकेट आफ्नो नाममा गरे। अभयले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चे। शुभम खनालले दुई विकेट झारे।
सिंगापुरका लागि रोहन अरुणले बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनले ८४ बलमा २ चौका प्रहार गरे।
कप्तान रियान नायक १५ रन बनाउँदै क्याच आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतिक्रिया दिनुहोस्