Logo

सिंहदरबारको फोहोर उठाउन महानगरसँग तत्काल संवाद गरियोस्: थापा



काठमाडौँ, २७ चैत । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिंहदरबारको फोहोर उठाउन यथासक्य चाँडो काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारसँग आग्रह गरेका छन् ।

सोमाबरको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले बागदरबार र सिंहदरबारबीच टकराव देखिँदा फोहोर नउठेको बताए ।

उनले काठमाडौँ महानगरपालिकासँग देखिएको टकराव अन्त्य गर्न आजै संवाद गर्न आग्रह गरेका हुन् ।

“बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । प्रधानमन्त्रीलाई आग्रह गर्छु, काठमाडौँ महानगरपालिकासँग विलम्व र आग्रह नगरी महानगरसँग संवाद, छलफल गरियोस् । जायज माग पूरा गरियोस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्