Logo

फोहोर नउठाउनु महानगरपालिकाको अराजकता: कोइराला



काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन् ।

बिहीबार बिहान ट्वीट गरी कोइरालालले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन् ।

संघीय सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीपूर्ण भाषा प्रयोग हुनु गलत रहेको उनको तर्क छ । दुवै सच्चिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्