Logo

सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने घोषणा



काठमाडौँ, १५ जेष्ठ । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ ।

आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरेका हुन् ।

यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ ।

आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्