काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीले बोलाएपछि ओली भेट्न गएको उनको सचिवालयले जनाएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।







