Logo

सिक्किममा पक्राउ परेकी युट्युबर राई रिहा



सिक्किम, १६ पुस । सिक्किममा पक्राउ परेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई त्यहाँको प्रहरीले रिहा गरेको छ ।

सिक्किमको सञ्चारमाध्यम द सिक्किम क्रोनिकल्सका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो ।

उमामाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र बोलाएको बेलामा अदालतमा हाजिर हुन आउनुपर्ने खबरमा उल्लेख छ । साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिवार उमालाई पक्राउ गरेको थियो ।

राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्