Logo

सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष तलबी बिदा दिने



भारत, ११ साउन । भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका हुन् ।

यससँगै पितृत्व बिदा पनि एक महिना पुर्‍याइएको छ । श्रीमती सुत्केरी हुँदा श्रीमानले पनि एक महिना लामो बिदा पाउनेछन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मुख्यमन्त्रीले कर्मचारीलाई यो सुविधा दिन नियमहरू परिवर्तन गरिने बताएका छन् ।

यो परिवर्तनले सरकारी कर्मचारीलाई आफ्ना छोराछोरी र परिवारको राम्रो हेरचाह गर्न मद्दत गर्ने उनको भनाइ छ । अहिले सिक्किममा सुत्केरीलाई तलबसहित छ महिनाको बिदा दिने कानुन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्