Logo

सिङ्गापुरको राष्ट्रपतिमा थर्मन शान्मुगररत्नम विजयी



सिङ्गापुर, १६ भदौ । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगररत्नम विजयी भएका छन् ।

कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ ।

उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् ।

उाले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता पद प्राप्त गरिसकेका छन् । थर्मनले केही महिनाअघि मात्रै सत्तारुढ पिपुल्स एक्सन पार्टी पीएडी छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्