Logo

सिङ्गापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य



काठमाडौँ, १३ कात्तिक । आईसीसी टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा सिङ्गापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् ।

यस्तै, आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे । नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई-दुई विकेट लिए । १४६ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्