झापा, भदौ १२ । प्रहरीले सिटि रिक्सासहित अवैध काठ नियन्त्रणमा लिएको छ ।
शनिवार दिउँसो १:४५ बजे कमल गाउँपालिका वडा नं.५ सिम्लेमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ ह ८०६० नं.को रोकिराखेको सिटिलाई शंका लागेर चेकजाँच गर्दा १८ थान चिरान (११.५४ क्यु.फिट)अवैध काठ फेला परेको थियो ।
सिटिसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आइतवार सेक्टर वन कार्यालय दमकमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






