Logo

सिट बाँडफाँटमा सहमति खोज्न गठबन्धनको बैठक बस्दै



काठमाडौँ, ७ असोज । आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन । शुक्रबार सिट बाँडफाँटमा सहमति खोज्न शीर्ष नेताहरूसहित सिट बाँडफाँट कार्यदलका नेताहरूको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको एक नेताले जानकारी दिए ।

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटको टुंगो लागेको छैन । नेताहरू निरन्तर छलफलमा छन्, तर सहमति हुन सकेको छैन । दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्