Logo

सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै



काठमाडौँ, २६ भदौ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शनिबारको बैठकमा नै सहमति गर्ने भनिए पनि दलहरुका आ-आफ्नै अडानका कारण कुनै निष्कर्ष निस्कन सकेन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिको धरै नजिक पुगिसकेकाले सार्वजनिक गर्न मात्रै बाँकी रहेको बताएका छन् । मधेसका ३२ सिटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको धेरै दाबी देखिएपछि पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा किचलो बढेको छ ।

दुवै दल मधेसमा पहिलो शक्ति बन्ने दाउमा छन् । सङ्गठन र जनाधार बलियो रहेको मधेसमा धेरै सिट पाउनुपर्ने जसपाको अडान छ । तर, धेरै सिट लिएर लोसपालाई पनि सँगै लिएर जाने कांग्रेसको रणनीति छ ।

प्रतिक्रिया दिनुहोस्