Logo

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई निर्देशन



काठमाडौँ, ३ भदौ । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका गरेका कार्यविवरण शीर्ष नेताहरूलाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा कार्यदलमा हालसम्म भएका छलफलका प्रगति विवरण शीर्ष नेताहरूलाई बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उक्त बैठकमा कार्यदलले बुझाएको प्रगति विवरणमा छलफल भएको र शीर्ष नेताहरूबाट छिट्टै कार्यसम्पादन गर्न निर्देशन प्राप्त भएको कार्कीले बताए । बैठकमा शीर्ष नेताहरूले तालमेलको खाकामा साझा अवधारणा बनाउन पनि कार्यदललाई निर्देशन दिएको उनले बताए ।

कार्कीले कार्यदलले तयार गरेको तालमेलको आधारका सबै विवरणका बारेमा जानकारी गराएको र चाँडै काम सम्पन्न गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्