काठमाडौँ, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो ।
बैठकपछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने कार्यदलको तयारी रहेको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले प्रतिवेदन तयार गरिसकेको बताइएको छ ।
प्रतिवेदनको अन्तिम रूप भने आज बस्ने बैठकले दिने सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।







