Logo

सिट बाँडफाँट कार्यदलमा अझै जुटेन सहमति



काठमाडौँ, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन ।

बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए ।

बुधबार साँझको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यसमितिले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । तर, आजको बैठकले पनि मापदण्ड र सिट बाँडफाँटको टुंगो लगाएर प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्