Logo

सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या आउँदैन: अध्यक्ष भट्टराई



धनगढी, २० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताएका हुन् ।

सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ-आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन नसके पनि अन्त्यमा सबैको सहमतिमै बाँडफाँट हुने उनको भनाइ थियो ।

अहिलेको गठबन्धन प्रतिगमनकारीका विरुद्ध भएका कारण मिलेर जानुको विकल्प नरहेको उनले बताए । निर्वाचनमा एक्लै लडे कसैको पनि बहुमत आउन नसक्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा जानुपरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्