Logo

सिट बाँडफाँड कार्यदल समितिको बैठक बस्दै



काठमाडौँ, २६ साउन । सत्तारुढ दलहरुले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलमा कांग्रेसबाट ३ र अन्य दलबाट २-२ जना सदस्य छन्।

यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कार्यदल संयोजक चयन गरेको थियो । कार्यदलले सबै दललाई सम्मानजनक सिट बाँडफाँटको खाका तयार गरेर साउन मसान्तभित्र शीर्ष नेतालाई दिएपछि शीर्ष नेताले यसको टुंगो लगाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्