काठमाडौँ, २६ साउन । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बिहीवारको बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २०७४ सालकै नतिजाका आधारमा सिट भागबन्डा गर्नुपर्ने बताएका छन् ।
तर नेपाली कांग्रेसले भने पालिका चुनावको लोकप्रिय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने अडान लिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।
आज बैठकमा सिट बाँडफाँटको मोडालिटीमाथि छलफल भएको र सैद्धान्तिक रूपमा सहमति पनि भएको माओवादी नेता देव गुरुङले बताए ।







