Logo

‘सिधा कुरा’ लाई डार्क फाइल उपलब्ध गराउने राजकुमार तिमल्सिना पक्राउ



काठमाडौं, ५ भदौ । ‘द डार्क फाइल’ प्रकरणमा राजकुमार तिमल्सिना पक्राउ पर्नुभएको छ ।

उहाँले सिधाकुरा डट कमलाई डार्क फाइलको अडिओ उपलब्ध गराउनु भएको थियो । उहाँलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पेप्सिकोलास्थित डेराबाट पक्राउ गरेको हो ।

तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगान र तिमल्सिनाविरुद्ध मुद्दा चलिरहेको छ । भोलि मुद्दाको पेशी रहेकोमा अघिल्लो दिन तिमल्सिनालाई पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

तिमल्सिना अरु पनि स्टिङ अपरेसनमा संलग्न रहेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनलाई स्टिङ अपरेसन प्रयोग गरेको पाइएको छ । हाल उनले विभिन्न स्थानमा ‘आत्मदाह गर्छु’ भन्दै हिँडिरहेको प्रहरी स्रोतले बतायो ।

यसैबीच सर्वोच्च अदालतले द दार्ड फाइल प्रकरणको फैसला भोलि सुनाउने मिति तय भएको छ । मुद्दा सुनुवाइ गर्न सर्वोच्चले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीशको बृहत् इजलास गठन गरेको थियो।

जसमा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्