Logo

सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेकाे आशङ्कामा एक जना पक्राउ



काठमाडौँ, ३ साउन । काठमाडौँको सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिनामङ्गल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटर अगाडि बुधवार बिहान शङ्कास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पार्दै बम नभएको पाइएको बताएको छ ।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जानकारी दिए । उनका अनुसार कालो टेपले बेरेको र तारबाहिर निस्किएको यो वस्तु बम नभई डर देखाउनमात्र राखिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्