सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
जोखिममा परेका १४ घरको नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले अवलोकन समेत गरेका छन् ।
जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेको र तत्काल राहतका लागि नगर कार्यपालिकामा सिफारिस गरिने उपमेयर उमा प्रधानले जानकारी दिइन् ।
कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको परिवारलाई तत्काल स्थानान्तरण र व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए ।






