Logo

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो



सिन्धुपाल्चोक, ३० भदौ । सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ ।

मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा ठक्कर दिँदा नवीन पाण्डे र समिर दोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुवै जना सिन्धुपाल्चोककै हुन् । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले समातेको छ ।

प्रतिक्रिया दिनुहोस्