सिन्धुपाल्चोक, २६ वैशाख । सिन्धुपाल्चोकको हेलम्बुमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
गएराति साढे ८ बजे बा ४ ख ५३८२ नम्बरको ट्रक हेलम्बु गाउँपालिका-२ ढोडेनीमा पल्टिँदा ३० वर्षकी पेमा तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते दुई जनाको काभ्रेको धुलिखेल अस्पतालमा र दुई जनाको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ ।







